तिलोत्तमा-नेपाल तरुण दल रुपन्देहीका जिल्ला सदस्य तथा युवा सजगता अभियानका केन्द्रिय सदस्य बिजय गुरुङ्गले आफ्नो जन्मोत्सव विभिन्न सामाजीक काम गर्दै मनाएका छन् । उनले आफ्नो जन्मोत्सवको अवसरमा तिलोत्तमा नगरपालीका वडा नम्बर ६ मा रहेको रामचन्द्र मैना देवी अनाथ आश्रमलाई खाद्यन्न सामाग्री तथा आश्रममा रहेका बालबालीकाको लागी शैक्षिक सामाग्री प्रदान गरेका छन् । आफु भन्दा कम अवसर प्राप्त व्यत्तिको सेवा गर्न पाउनु नै मानवीय धर्म रहेको बताउदै उनले अनाथ आश्रममा रहेका बालबालीकासँगै जन्मोत्सव मनाएका हुन । यस्तै उनले मृगौला बिरामीहरु पुनम गिरी, मन थापा र प्यारालाइसिस भएका सुमन अधिकारीलाई जनही पाँच पाँच हजार रुपैया आर्थिक सहयोग गरेका छन् । उनले आफ्नो जन्मोत्सबको अवसरमा हरेक बर्ष विभिन्न सामाजीका सेवा गर्दै आएको र सामाजीका सेवा गर्न पाउदाँ खुशी हुने उनले बताए । गत जन्मोत्सव पनि उनले बुटवल १३ प्रगतिनगरमा रहेका नेपाल अपाङ्ग आश्रममा मनाएका थिए ।
प्रकाशित मिति : सोमबार, पुष २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्