डोजर लगाउँदा भएको व्यबसायिक क्षेती प्रति बुटवल उवासंघको ध्यानाकर्षण

डोजर लगाउँदा भएको व्यबसायिक क्षेती प्रति बुटवल उवासंघको ध्यानाकर्षण

 

बुटवल।

सडक बिस्तारको नाममा डोजर चलाएर घर भत्काउँदा पेशा व्यबसाय गरी बसेका व्यबसायीलाई भएको हानी नोक्सानी प्रति बुटवल उद्योग बाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सडक मापदण्ड कायम गरि घरटहरा हटाउने कार्य स्वभाविक भएपनि सरकारी मापदण्ड पुरा गरि स्थानीय निकायमा नक्सा पास समेत गरेर बनाएका संरचना हटाउँदा मुआब्जा प्रदान गर्नुपर्ने सम्मानित सर्बोच्च अदालतले दिएको आदेशको मसि सुक्न नपाउँदै ती घरमा पेशा व्यबसाय सञ्चालन गरेर बसेका व्यबसायीलाई सामान सार्न समेत समय नदिई आदेशको कार्यान्वयनको नाममा डोजर चलाउनु मानवता बिरोधी कार्य भएको संघले बताएको छ ।

सडक बिस्तारको काम अंगाडी बढाउने पक्षमा फैसला गरेलगत्तै आईतबार बुटवलको राजमार्गमा पर्ने घरमा डोजर लगाएर भत्काईएको थियो । बुटवल उद्योग बाणिज्य संघले प्रेस विज्ञप्ती निकालेर अर्थव्यबस्था सञ्चालनमा सरकारको अभिन्न साझेदारको रुपमा रहेको नीजि क्षेत्र प्रति भएको व्यबहारले त्रसित बनाएको र नीजि क्षेत्रको योगदान तथा भूमिका प्रति नजर अन्दाज गरिएको महसुस गरिएको उल्लेख गरिएको छ । सरकार सञ्चालनको प्रमुख स्रोत कर तथा राजश्वका मुख्य माध्यम करदातालाई अपमान र हिनताबोध नहुनेगरी संयमता र शालिनता अपनाउन समेत अपिल गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij