सैनामैना-सैनामैना दलित उत्थान समिती सैनामैना द्धारा वडा शाखा विस्तार कार्यक्रमलाई तिब्रता दिएको छ । दलित समुदायको हक,हित र अधिकारहरु स्थापित गर्दै जातिय विभेद बिरुद्ध संगठित रुपमा आवाज उठाउदै वडा शाखा बिस्तार अभियान संञ्चालन गरिरहेको छ ।
सैनामैना दलित उत्थान समिति सैनामैनाको आयोजनामा संचालित वडा शाखा कमिटि विस्तार कार्यक्रम अन्तर्गत सोमबार (आज)वडा नंं.१ मा धन प्रसाद बिकको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको छ ।
सैनामैना १ बनकट्टा, एकता टोल बिकाश संस्थाको परिशरमा भएको कार्यक्रमबाट उपाध्यक्षमा समिर विक र खेम बहादुर परियार, सचिबमा अमिन बोहोरा, सह सचिबमा मंजु विक, कोषाध्यक्षमा रमा परियार सदस्यहरुमा राम बहादुर सुनार, दिपक विक , कृृष्ण परियार, सनिज परियार, सुरेश गन्धर्भ, हरिमाया विक,बिष्नु कुमारी गन्धर्ब, मुना विक,अनिसा सुनार,मना परियार,छविलाल सुनार रहनुभएको छ ।
यस्तै वडाको सल्लाहकारहरुमा खेमलाल विक, होम बहादुर विक, तम बहादुर बिक,बिष्नु बहादुर सुनार, सेर बहादुर परियार, इन्द्रजित दर्नाल र सरस्वति परियार चयन हुनुभएको छ ।
सैनामैना नगरपालिका भित्र हुने जातिय विभेदका विरुद्ध तथा दलित समुदायका समस्या न्युनिकरणका साथै हक अधिकारका लागि संगठितरुपमा काम गर्नु पर्ने संस्थाका अध्यक्ष सुरज बरालले बताउनु भयो । उहांले भन्नु भयो “अब सैनामैना नगरभित्र रहेका दलितको जनसंख्या गणना गरि दलित समुदायको हक हित संगै आर्थिक स्तर उकास्नका लागि स्थानिय तह तथा बिभिन्न संघ संस्था संग समन्वय गरि परम्परागत पेशा र कृषि प्रणलीलाई आधुनिक व्यबसायीकता तर्फ लैजाने योजनामा छांै ।” त्यसका लागि सबै संगठित हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा दलित अभियान्ता तथा समितीका सल्लाहकार नर ब. सुनारले “सदियौं बर्ष देखि हेपिएका दलित समुदाय फेरि एक पटक आफनो अधिकारका लागि कुनै पनि पार्टी भन्दा माथी रहेर संगठित हुनु पर्ने कुरामा जोड दिनु भयो । सत्तामा पुग्न दलित समुदायको भोट चल्ने तर व्यबहारमा पानी समेत नचल्ने हुदां त्यसका बिरुद्ध एक जुट हुनु पर्ने बताउनु भयो ।”
वडा शाखा बिस्तार कार्यक्रम अन्तरगत यस अघि नगरको वडा नम्बर १० ,९,८,७,६,५,४,२ मा वडा शाखा बिस्तार कार्यक्रम सम्पन्न भैसकेको छ भने बुधवार वडा न.११ मा वडा शाखा कमिटी बिस्तार हुने संस्थाका महासचिब सन्तोष परियारले जानकारी दिनु भयो । कार्यक्रम सुरज बरालको अध्यक्षता ,जयलाल बिक स्वागत मन्तव्य तथा सचिब सुरेन्द्र परियार को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्