६८ औ विश्व कुष्ठरोग दिवस : कुष्ठ प्रभावितलाई न्यानो कपडा वितरण

६८ औ विश्व कुष्ठरोग दिवस : कुष्ठ प्रभावितलाई न्यानो कपडा वितरण

बुटवल ।
विश्व कुष्ठरोग दिवसको अवसरमा नयाँ जीवनका लागि हातेमालो बुटवलद्धारा कुष्ठ प्रभावितहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

आइतबार बुटवलमा एक कार्यक्रमकाबीच जिल्लाका विभिन्न स्थानमा रहेका ४० जना कुष्ठप्रभावित हरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा। विनोद गिरीले कुष्ठ रोग लुकाएर राख्न नहुने भन्दै उपचार गरेर निको हुने भएकाले समयमै उपचार गराउन आग्रह गरे ।

स्वास्थ्य कार्यालय रुपन्देहीकै क्षय कुष्ठ निरिक्षक टिकाराम अधिकारीले बर्षमा एक पटक आफ्नो शरीर जाँच गर्ने अभियानको सुरुवात गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा द ल्यप्रेसी मीसन नेपालको परियोजना संयोजक राधा भट्राई,समाजसेवी सावित्रा अर्याल, सिमा कर्ण, लगायतले आ आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : आइतबार, माघ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij