संसद बिघटनको मुद्यामा अदालतले संविधान सम्मत न्याय गर्नुपर्छ : काँग्रेस नेता खाँण

संसद बिघटनको मुद्यामा अदालतले संविधान सम्मत न्याय गर्नुपर्छ : काँग्रेस नेता खाँण

 

बुटवल

नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले अदालतलाइ प्रधानमन्त्रीको छाँया नबन्न आग्रह गरेका छन । काँग्रेसका भातृ संगठनहरुले आज रुपन्देहीको भलवारीमा गरेको बिरोध सभालाइ सम्बोधन गर्दै नेता खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धि मुद्दामा संविधान सम्मत न्याय गर्नुपर्ने भन्दै अदालतलाइ प्रधानमन्त्रीको छायाँ नबन्न आग्रह गरेका हुन ।

अदालतले गरेका कतिपय निर्णयलाइ जनताले अस्वीकार गरेका बिगतका दृष्टान्त प्रस्तुत गर्दै नेता खाँणले संविधानमा भएको प्रावधान भन्दा बाहिर गएर निर्णय गरीए नेपाली जनताले कदापी स्वीकार नगर्ने दावी गरे । ‘अदालत संग मेरो आग्रह संगसगै चुनौती छ संविधानमा जे प्रावधान छ त्यो भन्दा बाहिर गएर निर्णय गर्नु भयो भने त्यो अनुचित निर्णयलाइ जनताले स्वीकार्ने छैनन । त्यो नेपालको न्यायीक इतिहासमा कलङ्कित निर्णय सावित हुनेछ’ नेता खाँणले भने । साधारण नागरिकले समेत ओलीले संबिधान मिचेको जानकारी राखेको पनि उनले बताए ।

संसद बिघटन सम्बन्धी प्रस्ताव पास गर्दा राष्ट्रपतिले टेकेको भनिएको धारामा संसद बिघटनको कुनै प्राबधान नभएको दावी उनले दोहोरयाए । संविधानका कुनै धारा,दफा,उपदफा नै उल्लेख नगरी प्रम ओलीले सनकको भरमा संसद बिघटन गरेको दावी गरे । संविधान रक्षाकालागि काँग्रेसले आफनो जीवन बलिदान दिन तयार रहेको भन्दै उनले कम्युनिष्टहरुले संविधान र लोकतन्त्र नमान्ने दावी गरे । प्रतिगमन बिरुद्ध काँग्रेस सडकमा निस्केपछि त्यसलाइ परास्त नगर्दा सम्म घर नफर्केको भन्दै उनले राणा,राजा जस्तै अव हुत्तीने पालो ओलीको आएको बताए । काँग्रेसले बजेट ल्याएर निमार्ण गरीरहेका र पुरा भएका विकासे आयोजनामा अहिलेको काम चलाउ सरकारका मन्त्रीहरुले सिलन्यास र उदघाटन गर्दै हिँडेको भन्दै नेता खाँणले काम चलाउ सरकारका मन्त्रीहरुलाइ आफनो अधिकार क्षेत्रभित्र बस्न चेतावनी पनि दिए ।

केन्द्रिय सदस्य बद्रि पाण्डेले ओलीले आफैलाइ राजा सम्झेर नारायणहिटीको अगाडीबाट जनतालाइ हुँकार दिन खोजेको बताए । ७० करोडको घुसकालागि बार्गेनीङ गर्ने गोकुल बास्कोटा,सरकारी जग्गा हडपेका बिष्णु पौडेल जस्ता दलाल र भ्रष्टहरुको छत्रछायामा हिड्ने ओली इतिहासकै भ्रष्ट र निरंकुश प्रम भनेर कहलिने दावी गरे । लोकतान्त्रीक गणतन्त्रका बिरोधी ओलीले संबिधान मासेर गर्छु भनेको चुनाव नाटक मात्रै भएको टिप्पणी गरे । ‘हामी चुनावसंग डराउदैनौ निर्वाचनमा जान्छौं र जित्छौं पनि तर संविधान बिपरित जादैनौ’ नेता पाण्डेले भने । संसद पुनसर््थापना गरेर संविधान सम्मत ढंगबाटै निर्वाचनमा जाने दावी नेता पाण्डेले गरेका हुन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेता भरतकुमार शाहले तानाशाहको सबैभन्दा ठुलो दुस्मन जनप्रतिनिधि सभा भएकाले ओलीले पनि लोकतन्त्र भत्काउन संसद माथि आक्रमण गरेको बताए । अदालत प्रति विश्वास व्यक्त गर्दै उनले अदालतले न्यायीक फैसला दिन नसके सडकबाटै संसद पुर्नस्थापना गरी निर्वाचनमा जाने बताए । काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,पूर्व सभापती रामचन्द्र ढकाल,महिला संघका सभापती गंगा शाही,नेविसंघका केन्द्रिय उपसभापती मुक्तिराज पौडेल,तरुणदलका जिल्ला अध्यक्ष सोम गुरुङ,शन्तराम चौधरी, मिलन थापा,बुद्धिराम हरिजन,खगेस्वर पुन,रमेश शाही लगायतका युवा नेताहरुले काँग्रेसले अहिले गरेको आन्दोलन खबरदारी मात्रै भएको भन्दै संविधान विपरितको कदम नसच्चीए आन्दोनलको आँधिवेहेरी ल्याउने बताए ।

प्रकाशित मिति : सोमबार, माघ १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij