गुल्मीमा बुहारीद्वारा ससुराको हत्या

गुल्मीमा बुहारीद्वारा ससुराको हत्या

गुल्मी ।
८७ वर्षिय ससुराको हत्या गरेको आरोपमा गुल्मीमा बुहारी पक्राउ परेकी छन्। जिल्लाको रुरु क्षेत्र गाउँपालिका ३ थानपतिकी ४२ बर्षीया मनकला ज्ञवालीले ८७ बर्षीया नन्दलाल ज्ञवालीको हत्या गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत हत्यामा संलग्न ज्ञवालीलाई सार्वजनिक गरेको छ ।

ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तोमा ठोक्काएर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। आरोपितले फागुन ८ गते राति ससुराको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए। घटनामा संलग्नलाई आइतबार पक्राउ गरी अदालतबाट म्याद गरिएको छ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij