बुटवल
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ मा भएको सवारी दुर्घटनामा परि बाबुराम पन्थीको मृत्यु भएको छ। पुर्वपश्चिम महेन्द्र राजमार्गमा पुर्वतर्फबाट आईरहेको लु १ ज ९०५० नम्बरको पिकअप जीपले बिपरित दिशाबाट बुटवलतर्फ आईरहेको लु४६प ८१७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पन्थीको मृत्यु भएको हो। गुल्मी जिल्ला रुरु गाउपालिका वडा नम्बर ७ घर भै हाल बुटवल निवासी बर्ष ५६ का पन्थीलाई जीपले ठक्कर दिएपछि सख्त घाईते अवस्थामा तत्काल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुराइएको र पन्थीको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न जीप र चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्