बुटवल ।
राप्रपा अध्यक्ष कमल थापाले नेपालका कतिपय मिडिया हाउसहरु व्यापारी,राजनीतिक दल र विदेशी शक्तिकेन्द्रहरुको स्वार्थमा दुरुपयोग हुनेगरेको बताएका छन ।शुक्रबारदेखि बुटवलमा सुरु भएको राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष थापाले राष्ट्रियताको पक्षमा दलीय स्वार्थभन्दा माथि उठेर स्वतन्त्र रुपमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । थापालेराज्यको चौथो अंगको रुपमा लिइएको पत्रकारीता जगत प्रजातन्त्रको मेरुदण्ड भएको भन्दै पत्रकारीता जगत बलियो भए प्रजातन्त्र बलियो हुने र जनताका अधिकार सूनिस्चित हुने विचार व्यक्त गरे ।
सरकार र विप्लव समूहबीच भएको सहमति सकारात्मक भएको भन्दै थापाले आफुसँग रहेका हतियार बुझाएर हिंसा त्यागेको घोषणा गर्न विप्लव समूहलाई आग्रह गरे । ।
कार्यक्रममा राप्रपाका बरिष्ठ नेता दीपक बोहोरा,राप्रपाकै अर्का नेता धवल समशेर राणा,प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष बालकृष्ण चापागाई,दलित पत्रकार संघका अध्यक्ष बिनोद पहाडी,नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भरत केसी,नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दुई दिन सम्म चल्ने भेलाले शनिबार बुटवल घोषणा पत्र जारी गर्ने अध्यक्ष गोपाल पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्