विप्लव र सरकार बिचको सम्झौता शंकाको घेरामा : शान्ति समाजका अध्यक्ष खनाल

विप्लव र सरकार बिचको सम्झौता शंकाको घेरामा : शान्ति समाजका अध्यक्ष खनाल

 

बुटवल

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापती गोविन्द खनालले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सरकार बिच भएको सहमतीले शंंका उब्जिीएको बताएका छन । सरकार र विप्लव बिच भएको तीन बुँदे सहमतीमा हतियारको बिषय नै उल्लेख नभएको भन्दै सम्झौता नै शंकाको घेरामा रहेको बताएका हुन । नवनिर्वाचित सभापती खनालले हतियारको बिषय नै उल्लेख नगरीएको सम्झौता अपुरो रहेको र त्यसलाइ रणनैतिक रुपमा प्रयोग गर्न खोजीए दुर्भाग्यपूर्ण हुने बताए ।

शान्ति समाजले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले सहमती सकारात्मक भएपनि हतियार व्यवस्थापनको कुरा स्पष्ट उल्लेख हुनुपर्ने बताए । विप्लवसंगको सहमती स्वागतयोग्य छ । तर हतियारको कुरा स्पष्ट उल्लेख नहुँदा डरलाग्दो स्थिती आउन सक्छ र यो शंकाको घेरामा छ’ खनालले भने । हिंसाको राजनीतिको भविष्य नभएकाले विप्लव सहमतीमा आएको उनले बताए । लोकतन्त्र,प्रेस स्वतन्त्रता र मानवअधिकारका पक्षमा समाज निरन्तर उभिने पनि खनालले बताए । संघीयताको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्युनीकरण गर्दै सुशासन कायम गर्ने सन्दर्भमा सरकारले प्रभावकारी काम गर्न नसकेको टिपण्डी पनि खनालले गरे ।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij