राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

बुटवल
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ ।

फागुन २८,२९ र चैत १ गते बुटवलमा हुने महाधिवेशनको पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

संघले आज बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी बारे जानकारी गराएको हो ।

महाधिवेशनमा आमसन्चार र समावेशीताको सवाल, “मिडियामा महिलाः दलित महिला ” र दलित आन्दोलन युवा र आमसन्चार बिषयमा कार्यशाला गोष्ठी हुनेछ ।

देशभरका करिव ४ सय पत्रकारको सहभागिता रहने उक्त महाधिवेशनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार, राममाया च्यामे लोक पुरस्कार र लेखनवृतीसमेत वितरण गरिने तयारी भएको महाधिवेशन तयारी सचिवालय सदस्य बिनोद परियारले जानकारी दिए।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij