भारतका प्रसिद्ध कवि प्रोफेसर शहपर रसूल मदरसा संघ द्वारा सम्मानित

भारतका प्रसिद्ध कवि प्रोफेसर शहपर रसूल मदरसा संघ द्वारा सम्मानित

 

कृष्णनगर- भारतका प्रसिद्ध कवि जामिया इस्लामियाका प्रोफेसर र जामिया इस्लामिया विश्वविद्यालय दिल्ली उर्दु शाखाका पूर्व अध्यक्ष तथा प्रसिद्ध शिक्षा विज्ञ र उर्दु साहित्यमा धेरै पुस्तकहरु लेखेर भारतमा पटक पटक पुरस्कृत भएका प्रोफेसर शहपर रसूल खां लाई कृष्णानगरमा रहेका राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा संघका पदाधिकारी हरुले दोसल्ला ओढाई सम्मानित गरेका छन। राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले नेपालमा बोलिने उर्दु भाषाको स्थितीको बारेमा प्रोफेसर शहपर रसूल लगायत उपस्थित अन्य लाई जानकारी दिदै हामी उर्दु भाषाको संरक्षण सम्बर्धनमा लाग्नु पर्ने कुरामा जोड़ दिए‌। लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले हाल नेपालमा हुन गइ रहेको जनगणनाको कार्यक्रम लाई ध्यानमा राख्दै उर्दु भाषि सक्रिय भएर लाग्न अनुरोध गरे। मदरसाहरुलाई उर्दु भाषा संरक्षण दिनमा अहम भूमिका समेत रहेको बताउदै भारतको मदरसा शिक्षा परिषदले मान्यता दिएको मोलवी,आलिम डिग्री लाई नेपाल सरकारले समकक्षता दिएको साथै उर्दू भाषा लाई नेपालमा सम्मानका साथ अग्रता दिदै तराई क्षेत्रका अधिकांश कार्यलयहरुमा बोल्ने भाषाको रुपमा परिचित रहेको प्रोफेसर खां लाई बताउनु भयो। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका प्रमुख कमर आलम खां ले उच्च शिक्षा अलिगढ मुस्लिम यूनिवर्सिटी बांट शिक्षा हासिल गरेको कुरा थाहा पाउदा भारत बांट आएका प्रोफेसर खां ले वितरण केन्द्र कृष्णनगर प्रमुख खां लाई दोसल्ला ओढ़ाई सम्मान दिदै पुनः एक पटक हाम्रो विश्वविद्यालयमा घुम्न आउन आग्रह गर्दै उर्दु भाषाको संरक्षण सम्बर्धनका लागि हुन सक्ने यथा शक्ति सहयोग आफूहरु गर्न सधै तयार रहेको बताउनु भयो।सो अवसरमा कवि जाहिद आजाद झण्डानगरी र अनवार अहमदले आफ्नो कविता वाचन गरेर उपस्थित सबै लाई मुग्ध बनाए। उक्त सम्मानमा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की सदस्य नियाज़ अहमद, तारिक रियाज,अब्दुल नूर,युवा नेता जुम्मन खां,मन्जुर अहमद मुजिबुल रहमान शाह लगायत उर्दु भाषा प्रेमीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij