म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउन कांग्रेसको अपिल

म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउन कांग्रेसको अपिल

काठमाडौं

नेपाली कांग्रेसले म्यानमारमा भएको व्यापक सैनिक दमनको विरोध गर्दै त्यहाँको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउन अपिल गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय रहेको बताएका छन्।

कांग्रेसले म्यानमारमा भइरहेको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायतलाई रिहाइ गर्न, लोकतन्त्र पुनःस्थापित गर्न त्यहाँको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउनुपर्ने आवश्यकता कांग्रेसले औंल्याएको छ। विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउने नीति नेपाली कांग्रेसले लिँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘म्यानमारको पछिल्लो कुलगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियालिरहेका छौं ।’

म्यानमारमा फ्रेबुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको छ। त्यसपछि त्यहाँ व्यापक जनप्रर्दशन हुँदै आएको छ। त्यसक्रममा सेनाको दमनमा परेर ४ सय २३ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति : आइतबार, चैत्र १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij