राष्ट्रियसभा चुनावमा भोट हाल्नेले अनिवार्य ७२ घण्टाभित्रको कोरोना रिपोर्ट देखाउनुपर्ने

राष्ट्रियसभा चुनावमा भोट हाल्नेले अनिवार्य ७२ घण्टाभित्रको कोरोना रिपोर्ट देखाउनुपर्ने

काठमाण्डौ – वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा सहभागी हुने मतदाताले ७२ घण्टाभित्रको कोरोनाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ ।

पर्सि ६ गते वाग्मती प्रदेशमा र २७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा भोट हाल्न जानेहरुले अनिवार्य ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको हो ।

कोभिड सङ्क्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख, उप-प्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र ‘ख’ मा, र कोरोना सङ्क्रमण देखिएकालाई मतदान केन्द्र ‘ग’ मा  मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

यस्तै मतदाताले मतदान केन्द्र प्रवेश गर्नुअघि स्वास्थ्य सावधानी राम्रोसँग पालना गरेको हुनुपर्ने र मतदान स्थलमा साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ । यस्तै पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान स्थल, मतदान केन्द्र र मतगणना केन्द्रमा खटाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij