बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध नेपाली काँग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । मुख्यमन्त्री पोखरेलले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधीमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै एमालेका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत मागेपछि कारबाहीको माग गर्दै काँग्रेसले आयोगमा उजुरी दर्ता गराएको हो ।
बागमती प्रदेशमा आज (बिहिबार)भएको उपनिर्वाचनको मौन अवधि सुरु भइसकेपछि पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापालाइ मतदान गर्न अपील गरेका थिए । काँग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडीयाको सचिवालयले निर्वाचन आयोगलाइ इमेलमार्फत पत्र पठाउदै आचार संहिता उल्लंघनको कशुरमा मुख्यमन्त्रीलाइ कारवाही गर्न माग गरेको छ । कार्यालका स्वकीय सचिव सन्जीब बश्यालले आयोगमा उजुरी दर्ता गराएका हुन ।
‘मुख्यमन्त्री पोखरेलले फेसबुक मार्फत मौन अवधिमा अमूक उम्मेदवारलाइ विजयी बनाउन मतादाताहरुलाइ अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ,निष्पक्ष र मर्यादित निर्वाचनको आधारभुत सिद्धान्त विपरित रहेकाले निर्वाचन आचारसंहिता २०७२ को दफ ५ को घ (३) र (५) र दफा (६) वमोजिम मुख्यमन्त्रीलाइ कारबाही गरिनुपर्छ’ पत्रमा भनिएको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्