बुटवल – नेपाल पत्रकार महासंघ रुपन्देहीकि कार्यसमिती सदस्य तथा क्रियाशील पत्रकार कमला पाण्डे हरिकलाले कोरोना महामारी र निषेधाज्ञाको मारमा परेका ३० विपन्न परिवारलाई राहत वितरण गरेकी छिन् । दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका मायादेवी गाउँपालिका ३ का ३० विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गरेकी हुन् । मायादेवी गाउँपालिका ३ कि मद्रशा स्कुलकी प्राचार्य बेलमाया सुवेदीले लकडाउनका कारण गरिब तथा विपन्न परिवारहरु समस्यामा परेको जानकारी दिएपछि पाण्डे लगाएतको टोली घरमै पुगि खाद्यान्न वितरण गरेको हो । २०केजी चामल ,३ केजी दाल, २ लिटर तेल, २ केजी नुन, ५ केजी आलु, २ केजी चिउरा लगाएतका खाद्य सामाग्री हस्तान्तरण गरिएको पत्रकार पाण्डेले बताईन् । रुपन्देहीमा वर्षौदेखि पत्रकारीतामा क्रियाशील पाण्डे रेडियो नमस्तेकि स्टेशन म्यानेजर समेत हुन् । राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस संगठन विभाग सदस्य कल्याण पौडेल, महिला विभाग जिल्ला सदस्य यादा क्षेत्री, प्रशासन विभाग सदस्य हिरा पौडेल, समाजसेवी रमेश गैरे, रमेस पाण्डे, विनोद न्यौपाने लगाएतको उपस्थित रहेको थियो । खाद्य सामग्री पाएपछि मजदुरी गर्दै आएका राजदेव यादव ,राम मिश्र,शिव कुमार गौतामी,धुर्व केवट,ककई केवट लगाएतले धन्यवाद दिएका थिए।
प्रतिक्रिया दिनुहोस्