बुटवलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

बुटवलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

बुटवल

बुटवलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरिएको छ । विपक्षी गठबन्धनमा रहेका ५ बिद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
विपक्षी गठबन्धनमा रहेका दलका भातृ संगठनहरु नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्वीयु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले सरकारको अधिनायकवादी र स्वच्छाचारी शासन बिरुद्ध प्रधानमन्त्री र त्यसलाई साथ दिएको भन्दै राष्ट्रपतिको पुत्ला दहन गरिएको नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले बताए ।
बुटवलको बुटवल बहुमुखि क्याम्पस अगाडि पुत्लादहन गर्दागर्दै प्रहरीले धरपकड गरेको थियो । त्यस क्रममा बिद्यार्थीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको बिरुद्ध नारावाजी समेत गरेका थिए । ५ बिद्यार्थी संगठनले आज बुधबार ७७ वटै जिल्लामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका छन् भने भोली बिहिबार काठमाण्डौ उपत्यकामा पुत्ला दहन गर्ने भन्दै सर्कुलर गरेका थिए

प्रकाशित मिति : बुधबार, असार १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij