ठूला नदीमा पानीको बहाव उच्च, तटीय क्षेत्रमा जोखिम (सूचनासहित)

ठूला नदीमा पानीको बहाव उच्च, तटीय क्षेत्रमा जोखिम (सूचनासहित)

काठमाडौँ । लगातार वर्षाका कारण देशभर बाढी-पहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार ठूला नदीमा पानीको बहाव सतर्कता तह नजिक पुगेसँगै तटीय क्षेत्रमा जोखिम बढेको हो ।

आज कमला, वागमती, पूर्वी राप्तीलगायत नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ । भोटेकोशी, तामाकोशी, दूधकोशी, सुनकोशीलगायत कोशीका सहायक नदीहरु तथा नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माङ्दीलगायतमा बहाव उल्लेख्य बढ्नेछ ।

 

केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाको छ । बिहानको मापनानुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहेको, कोशी, नारायणी र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij