पाल्पामा पहिरोले पुर्दा ट्याक्टरका सहचालकको ज्यान गयो

पाल्पामा पहिरोले पुर्दा ट्याक्टरका सहचालकको ज्यान गयो

पाल्पा ।

पाल्पामा पहिरोले पुर्दा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–६ मस्याममा लु ४ त ६६२९ नम्बरको ट्याक्टर र लु १ क २४९६ नम्बरको एक्स्काभेटरलाई पहिरोले पुरेको हो । पहिरोमा पुरिएर ट्याक्टरका सहचालक बर्दिया घर भइ पाल्पाको डुम्रे बस्दै आउनुभएका २७ वर्षका महेन्द्र पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

एक्स्काभेटरका चालक रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरका सरोज बुढा घाइते हुनुभएको छ । बुढाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भैरहेको छ । डुम्रेको भित्री कच्ची सडकमा हिलोमा फसेको ट्रयाक्टर निकाल्न गएको एक्स्काभेटरलाई समेत पहिरोले पुरेको हो ।

प्रकाशित मिति : शनिबार, साउन २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij