काठमाडौं – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो चार बजे बोलाइएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको हो ।
बैठकको सुरुमा सभामुख अग्नीप्रसाद सापकोटाले अधिवेसन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।
राष्ट्रियसभाको बैठक भने ४ बजेदेखि नै बसिरहेको छ । यस्तै, राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्