काठमाण्डौँ ।
नेपाल विद्यार्थी संघले कोरोना जोखिमकै बीच भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन हुन लागेकोले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन माग गरेको छ।
विद्यालय तथा विश्वविद्यालयहरूले करिब तीन महिनादेखि रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तालिका नै प्रकाशित गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षाहरू र कक्षा १२ को परीक्षा सञ्चालनका लागि तालिका आएका छन्।
नेविसंघले परीक्षाअगाडि नै विद्यार्थीलाई खोप लगाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले कक्षा १२ मा करिब चार लाख विद्यार्थीले परीक्षा दिन लागेको र परीक्षा केन्द्र पनि पर्याप्त नभएकोमा सोको व्यवस्थापन मिलाउन सम्बन्धित पक्षसँग माग गरेका छन्।
‘परीक्षा हुनुपूर्व नै विद्यार्थीलाई निस्शुल्क रूपमा कोरोनाविरूद्ध खोप लगाउनुपर्छ,’ उनले भने। कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरू हुँदैछ। यस्तै कोरोना संक्रमित भई परीक्षामा सामेल हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था मिलाउन पनि नेविसंघले माग गरेको छ।
परीक्षा केन्द्रहरूमा पूर्ण रूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न तथा गराउन पनि नेविसंघले आग्रह गरेको छ।
प्रकाशित मिति : आइतबार, साउन १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्