बुटवल-रुपन्देहीको मोतिपूर रानिगंज औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडपका क्रममा प्रहरीले गोली चलाएको छ।अहिले मोतीपूर स्थित राजिगंज क्षेत्रमा तनाबग्रस्त छ।
प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रु ग्यास,हवाई फायर र गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए। गोली लागेर कम्तीमा ५ जना घाईते भएको प्रत्यक्षदर्शी शुसिला बरालको दाबी छ।
प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाब सिर्जना भएको हो।बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदि उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। प्रशासनले तीन दिनदेखि रातीमा टहराहरु भत्काइदिदैं आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।
यसअघि गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गरेका थिए।
प्रकाशित मिति : आइतबार, असोज २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्