भैरहवा
लुम्बिनी निर्माण व्यवसायी सघ रुपन्देही ले विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व एवं नेपाल सम्बत को अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सघ द्वारा शनिबार भैरहवा मा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम मा जिल्ला का विभिन्न ठाउँ बाट निर्माण व्यवसायी हरु को सहभागीता रहेको थियो ।
कार्यक्रम मा बोल्दै नेपाल निर्माण व्यवसायी महासघ का उपाध्यक्ष टोप बहादुर रायमाझी ले चाडपर्व को अवसर मा आयोजना गरिने शुभकामना आदान प्रदान कार्यक्रम ले चाडपर्व को महत्व बढ्ने बताउदै धर्म, संस्कृति, रिति रिवाज लाई बिर्सन नहुने कुरा मा जोड दिनु भयो ।
कार्यक्रम मा उधोग वाणिज्य महासघ लुम्बिनी प्रदेश का अध्यक्ष कृष्ण प्रसाद शर्मा ले धर्म संस्कृति को संरक्षण सगै विकृति को अन्त्य गर्दै चाडपर्व मनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रम मा नेपाल निर्माण व्यवसायी महासघ लुम्बिनी प्रदेश का उपाध्यक्ष नवराज श्रेष्ठ,सघ का निवर्तमान अध्यक्ष दामोदर शर्मा,सघ का पुर्व अध्यक्ष छेदी लाल श्रीवास्तव, सघ का सल्लाहाकर उज्जवल पोखरेल, मन्जु भुषाल,सिद्धार्थनगर उधोग वाणिज्य सघ का अध्यक्ष भिष्म प्रसाद न्यौपाने, मायादेवी च्यारिटेबल फाउन्डेसन का अध्यक्ष रबि कुमार रौनियार, लगायत ले बोल्दै चाडपर्व ले नेपालीहरु लाई एक आपस मा गोलबन्ध गर्नु का साथै बन्धुत्व र भातृत्वको विकास गर्ने बताउनु भएको छ ।
लुम्बिनी निर्माण व्यवसायी सघ रुपन्देही का अध्यक्ष विनय ज्ञवाली को अध्यक्षता मा भएको कार्यक्रम महासचिव प्रयास खडका को संचालन मा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शनिबार, कार्तिक १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्