सल्यान बस दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो

सल्यान बस दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो

सल्यान ।
सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको हो ।

बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० गोविन्द थापाले जानकारी दिनुभयो ।

तिहार मनाएर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । बसमा झन्डै ३५ जना यात्रु रहेका अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिले पनि उद्धार भइरहेकोले ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन ।

गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत नेपालगञ्ज र काठमाण्डौ पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij