मोतिपुर घटना: मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने सरकारको निर्णय

मोतिपुर घटना: मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने सरकारको निर्णय

काठमाण्डाै – सरकारले रुपन्देहीको मोतीपुरमा भएको घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत दिने भएको छ । हिजो साेमवार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो ।

गएको असोज २४ गते मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र स्थानीयवासीबीच हुँदा चार जनाको ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रति परिवार पाँच लाख रुपैयाँ उपलब्ध गराउन केन्द्र सरकारलाई र एक लाख रुपैयाँ उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।

हिजोको मन्त्रिपरिषद् बैठककाे निर्णय आज मङ्गलवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij