नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघद्धारा स्थापित उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन् ।
महासंघको बुधबार बसेको नियमित बैठकमा पुरस्कार मूल्यांकन समितिले पत्रकार खनालाई छनौट गर्ने निर्णयलाई अनुमोदन गरेको थियो । खनाललाई रुपन्देही उद्योग संघले बुधबार एक कार्यक्रमका विच पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि ४४ हजार रहेको छ ।
मूल्यांकन समितिमा पत्रकार माधव नेपाल संयोजक, रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरा र अर्थविज्ञ मनिकर कार्की सदस्य रहेका थिए ।
दुई दशक भन्दा बढीदेखि सक्रिय पत्रकारितामा रहेका खनाल एभिन्यूज टेलिभिजन लुम्बिनीका व्यूरो चिफ हुन् भने राज्य टेलिभिजन, दृष्टि अनलाइन लगाएतका सञ्चार माध्यममा आवद्ध छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्