काठमाडौं – पार्टीको १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन्।
महाधिवेशन तयारीका लागि गठन भएका विभिन्न विभागका प्रमुखहरूसँग देउवाले महाधिवेशनको तयारी, जानकारी तथा सुझाव लिन आज ४ बजे बैठक बोलाएका हुन्।
देउवाले ललितपुरस्थित पार्टी कार्यालय सानेपामा ४ बजे बैठक बोलाएको कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए।
प्रधानमन्त्री नियुक्त भए पछि सभापति देउवा पहिलो पटक पार्टी कार्यालय सानेपा जान लागेका हुन्। कांग्रेसको १४ महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।
प्रकाशित मिति : मंगलबार, मंसिर २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्