उच्च शिक्षामा आर्थिक स्तर माथि भएका व्यक्तिकाे मात्र पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

उच्च शिक्षामा आर्थिक स्तर माथि भएका व्यक्तिकाे मात्र पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई देश र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताउनुभएको छ ।

आज सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई  देश र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताउनुभएको हो । उहाँले सरकारको पनि आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने मान्यता रहेको भन्दै देशकाे उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले देशकाे लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र देशकाे अर्थतन्त्रलाई तीव्र रूपमा रूपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘विद्यार्थी कल्याणसम्बन्धी कार्यहरू विस्तार र विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नति गर्ने गरी यसलाई निरन्तरता दिनुपर्दछ । विश्वविद्यालयको स्तर उँचो बनाउन सम्पूर्ण पदाधिकारी, प्राध्यापक, विद्यार्थीसँग सहकार्यको आवश्यक पर्दछ । विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी समाजको विकास, रूपान्तरणमा सहयोगी हुनुपर्दछ । आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ । शिक्षा व्यक्तिको जीवन, देशकाे उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्छ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई समान रूपमा हुनुपर्दछ । विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न सबैलाई आवश्यक वातावरण सिर्जना गरिनेछ । सरकारको पनि आर्थिक स्तर माथि भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता छ । समाजका सबै वर्ग, समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना देश, समाजमा उपयोग गर्न सक्ने वातावरण तयार गर्ने हाम्रो आजको राष्ट्रिय दायित्व हो ।’

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आज २९ हजार सात सय २९ जना विद्यार्थीलाई दीक्षित गर्नुभएको हो ।

प्रकाशित मिति : सोमबार, पुष ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij