बुटवल-पाल्पाको पूर्वखोला गाउँपालिका – ६ हेक्लाङ्ग जीप दुर्घटना भएको छ । लु१ज २६०७ नम्बर जीप दुर्घटना हुँदा ५ जना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा
२८ बर्षको पूर्ण बहादुर फाल ,१९ बर्षको चिञ्जीवी सारु , २९ बर्षे प्रेम सिंजाली , ३० बर्षको टेक बहादुर पल्ली , ४३ बर्षे पवि सरा सारु घाईते भएको प्रहरीले जनाएको छ । फालको अबस्था चिन्ताजनक रहे पनि अरुको अवस्था सामान्य रहेको छ घाईते हरुको उपचारका लागि मिसन हस्पिटल तथा लुम्विनी मेडिलल कलेज लाने तयारी भैरहेको छ । दुर्घटना के कति कारणले भयो पूर्ण जानकारी भने आउन बाँकी रहेको छ । गाडी माथिल्लो सडक बाट तल्लो सडमा आईपुगेको छ करिब ( १०० मिटर)
प्रकाशित मिति : सोमबार, पुष १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्