चौथो विश्व ब्रेल दिवसको अवसरमा अभिमुखिकरण

चौथो विश्व ब्रेल दिवसको अवसरमा अभिमुखिकरण

बुटवल-चौथो विश्व ब्रेल दिवस तथा २१३ औँ लुइस ब्रेलको जन्मजयन्तीको अवसरमा रुपन्देहीमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । रुपन्देही नेत्रहिन युवा संघको आयोजनामा जिल्लाका बिरेन्द्र माध्यमिक बिद्यालय,पब्लिक माध्यामिक बिद्यालय,मैनहिया माध्यमिक ,गणसारी माध्यमिक बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुको निम्ति लुइस ब्रेल र ब्रेललिपीको बारेमा अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा बिरेन्द्र मा,बि छपियाका श्रोत शिक्षक लोकनाथ साप्कोटा ,सस्थाका अध्यक्ष टिकाराम पौडेल ,उपाध्यक्ष जीवन पोखरेल,कोषाध्यक्ष कमला पौडेल सदस्य गंगा भुसाल ,राम बहादुर थापा र माधब कडेलले सहजिकरण गरेका थिए ।
अभिमुखिकरण कार्यक्रममा ४५० जना भन्दा बढी बिधार्थिहरुको सहभागिता रहेको सस्थाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले जानकारी दिईन ।
लुइस ब्रेल ब्रेलका सृष्टिकर्ता हुन् । ब्रेलको प्रयोग कोड जसले दृष्टिविहीन र दृष्टिविहीन व्यक्तिहरूलाई स्वतन्त्र रूपमा पढ्न र लेख्न सक्षम बनाउँछ । लुइस ब्रेल, ४ जनवरी १८०९ को जन्म, फ्रान्स को एक सानो शहर कोपर्टी थिए ।विश्व ब्रेल दिवस हरेक बर्ष जनवरी ४ लुइसको जन्मदिनमा मनाइन्छ ।

प्रकाशित मिति : बुधबार, पुष २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij