एफइसी सहकारीको स्थापना दिवसमा रक्तदान र राहत वितरण

एफइसी सहकारीको स्थापना दिवसमा रक्तदान र राहत वितरण

तिलोत्तमा-एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले बुधबार रक्तदान कार्यक्रमका साथै राहत वितरण गरेको छ ।
संस्थाको स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान र अनाथ बालबालिकालाई राहत प्रदान गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन तिलोत्तमा–९ का वडाअध्यक्ष नारायण प्रसाद न्यौपानेले गरेका थिए ।
कार्यक्रममा संस्थाका सदस्य तथा अन्य नियमित रक्तदाताबाट ५१ युनिट रगत संकलन भएको वरिष्ठ व्यवस्थाक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए । संस्थाले स्थापना दिवसकै अवसरमा तिलोत्तमा–९ तुलसीपुरमा रहेको सिर्जनशील अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई न्यानो कपडा, खाद्यान्न सामग्री, खाना पकाउने सिलिण्डर राहतस्वरुप प्रदान गरेको छ ।
त्यस्तै स्थापना दिवसकै अवसरमा संस्थाले बुटवल मैनाबगरमा बसोबास गर्ने संस्थाका शेयर सदस्य बलराम पछाईंको मृत्यु भएकोमा निजको परिवारलाई समेत शोक अनुदान बापत एकलाख रुपियाँ र कल्याणकारी कोषबाट शेयर बराबरको रकम पाँचहजार रुपियाँ गरी एकलाख पाँचहजार रकम राहत स्वरुप मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । संस्थाले बिगतदेखि नै मृतक सदस्यहरुको परिवारलाई राहतस्वप एकलाख र शेयर बराबरको रकम अनुदान दिंदै आएको छ ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष न्यापानेले सहकारीले रक्तदान र राहत वितरण जस्तो मानवीय सेवामा आफूलाई अग्रसर गराएकोेमा धन्यवाद दिए ।
त्यस अवसरमा संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेल, सल्लाहकार नारायण रेग्मी, उपाध्यक्ष झविन्द्रप्रसाद कंडेल, सचिव निरज कंडेल, कोषाध्यक्ष धनेन्द्र पौडेल, सञ्चालक डा. क्रृषिराम शर्मा, वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवाली, सिर्जनशील संस्था नेपालका अनिता पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : बुधबार, पुष २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij