बुटवल -करिडोर पीडितहरुको उचित ब्यबस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएको तिनाउ दानव करिडोर पीडित संघर्श समितिले संघर्षको कार्यक्रम स्थगित गरेको छ ।वार्ताको माध्यम बाट समस्याको समाधान गर्ने तर्फ उपमहानगरपालिका सकारात्मक रहेकोले पौष २९ गते सम्मको लागि संघर्षको कार्यक्रम स्थगित गरिएको समितिका उपाध्यक्ष राजु शाहीले बताए ।यस्तै बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले संघर्ष समितिका केहि प्रतिनिधिहरु सङ्ग बैठक बसि आउदो २९ गते सम्म सरोकारवालाहरु बसेर बैठक गर्ने र प्रभावित हुनेहरूको लगत संकलन सुरु गरिने सहमति भएको बताए ।
वार्ता अगाडि करिडोर क्षेत्रका स्थानीयले आफुहरुलाई उचित ब्यवस्थापन गर्न तर्फ नगरपालिका नलागि करिडोर निर्माण गर्न लागेको भन्दै आइतबार बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि प्रदर्शन गरेका थिए ।शान्तिपूर्ण प्रदर्शनको क्रममा उनीहरुले करिडोर पीडित सबै भुमिहिन, सुकुम्बासी र अव्यबस्थित बसाेबासलाई लालपुर्जा दे, करिडोर पीडित सबैलाई उचित ब्यबस्थापन गर,मत र कर बैध जनता किन अबैध? बिकासको नाममा जनताको बिचल्ली गर्न र बिनास गर्न पाइदैन जस्ता नारा लगाए थिए ।यसअघि पनि समितिले संघर्षको कार्यक्रम अन्तर्गत शान्तिपूर्ण प्रदर्सन ,उपमहानगरपालिका अगाडि धर्ना , राजनीति दल सहितको प्रतिबद्धता सभा ,थाली बजाएर प्रदर्शन गरेको थियो ।राष्ट्रिय गौरवको आयोजनामा परेको यो योजनाको सुरुवात गत बर्ष मंसिर १० गते तत्कालीन अर्थमन्त्री बिस्नु पौडेलले शुभारम्भ गरेका थिए ।
प्रकाशित मिति : आइतबार, पुष २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्