पाल्पाको नुवाकोटगढीमा गरिने भनिएको माघे संक्रान्ति मेला स्थगीत

पाल्पाको नुवाकोटगढीमा गरिने भनिएको माघे संक्रान्ति मेला स्थगीत

बुटवल -होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले माघी पर्वको दिन एैतिहासिक एवम पुरात्वातिक स्थल पाल्पाको नुवाकोटगढीमा आयोजना गर्ने भनेको माघे संक्रान्तिक मेला तथा कला सांस्कृतिक खाना महोत्सव स्थगीत गरेको छ ।
कोरोनाको संक्रमण बढदै गएकोले सरकारले २५ जना भन्दा बढी सार्वजनिक स्थलमा भेला हुन नपाउने भनी गरेको निर्णय संगै संघले आयोजना गर्ने भनेको सांस्कृतिक खाना महोत्सव बाध्य भएर स्थगीत मर्नु परेको संघका अध्यक्ष राम प्रसाद गौतमले बताउनु भयो ।
संघले बुटवलमा गदै आएको सडक खाना मर्होत्सव स्थलमा सडक निर्माण कार्य जारी रहेकाले आयोजना गर्न नसकेकोमा खाना महोत्सवलाई निरन्तरता दिदै पर्यटनलाई पहाडसंग जोडेर अगाडी बढाउने अभिप्रायले नुवाकोट डाडालाई रोजेकोमा कोरोनाको कहरले यो वर्षको महोत्सव स्थगीत नै गर्नु परेको छ ।
माघे संक्रान्ति मेला तथा कला सांस्कृतिक खाना महोत्सवलाई आर्थिक रुपमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीले सर्पोट गर्ने गरी आर्थि सहयोग उपलब्ध गराउने भनेको थियो । एैतिहासिक एवम पुरात्वातिक स्थल पाल्पाको नुवाकोटगढीमा यसपटकको मेला आयोजना गर्न नसकेतापनि अनुकुल अवस्था भएसंगै कला सांस्कृतिक खाना महोत्सव आयोजना गरिने संघका महासचिव माधव कुमार खनालले जानकारी दिनु भयो । कोरोना महामारीले गर्दा रुपन्देही जिल्लामा संचालनको तयारीमा जुटेका सवै मेला महोत्सव प्रशासनले रोक लगाएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij