बुटवल -आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडका नवनिर्वाचित पदाधिकारी हरुलाइ बधाई तथा सम्मान कार्यक्रम सप्पन्न गरेको छ ।दशौ साधरण सभा तथा चौथो अधिबेशन बाट लिमिटेडको नयाँ संचालक समिति अध्यक्षमा मेघराज पन्थ निर्वाचित हुनुभएको थियो । त्यस्तै संचालक समिति सदस्यमा गोपाल पान्डे , अक्कन थापा , रिता सेन ओलि , खगुलाल गिरि लगायतका ब्यक्ति हरु निर्वाचित हुनुभएको थियो । निर्वाचित पदाधिकारी सबैलाई आरम्भ ग्रुप अफ हस्पिटलिटि लिमिटेडमा कार्यरत सम्पुर्ण कर्मचारी अथवा वेस्टर्न मेगा कलेजका सम्पुर्ण कर्मचारी तथा पदाधिकारी हरुले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । नबनिर्वाचित पदाधिकारी हरुलाइ बधाइ दिदै वेस्टर्न मेगा कलेजका प्राचार्य श्री प्रसाद भट्टराईले लिमिटेडका हरेक भिजनमा सकारात्मक पहल गर्ने बताउनुभयो । उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मेघराज पन्थले लिमिटेडलाई नयाँ ढंगले अगाडि बढाउने बताउनु भयो साथै उहाले हरेक कदम मा कर्मचारीको भुमिका महत्त्वपूर्ण रहेको र कर्मचारीकै सहयोगबाट लिमिटेड अगाडि बढ्ने भन्दै धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
प्रकाशित मिति : मंगलबार, माघ ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्