बुटवल – बुटवलको देबीनगर स्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाकाे ज्यान गएकाे छ । तिनाउ नदि किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्काे खस्दा २ जनाकाे मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् । स्थानीय ५ जना पुरिएर घाईते भएकोमा स्थानीयले उद्बार गरेर अस्पताल पुर्याएपछि २ जनाकाे मृत्यु घाेषाणा गरिएकाे हाे ।
पुरिएर मृत्यु हुनेमा स्थानीय गणाेश थापा र शिव थापा रहेका छन् । घटनामा परि घाइतेहनेमा केशव पुरी, अशाेक गाहा र अन्य १ जना रहेकाे प्रहरीले जनाएकाे छ ।
ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ । अत्याधिक जाडाे भएपछि स्थानीय देबीनगरकाे प्रगतिनगर टाेलका ५ जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्