आजको मौसम : प्रदेश १ का केही ठाउँमा हल्का पानी पर्ने अनुमान

आजको मौसम : प्रदेश १ का केही ठाउँमा हल्का पानी पर्ने अनुमान

काठमाण्डौ ।


अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश(१ को मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने अन्य प्रदेशको मौसम आंशिक बद्ली छ ।

तराईका जिल्लामा अहिले हुस्सु, कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो प्रदेश(१ का केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो। उहाँकाअनुसार भोलिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर पर्ने सम्भावना छ ।

विशेषगरी यो प्रणालीको असर पश्चिमी क्षेत्रमा धेरै पर्ने मौसमविद् शाक्यले बताउनुभयो । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना छ ।पर्सि भने वाग्मती, प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा पनि पानी पर्ने मौसमविद् सजिना शाक्यले बताउनु भएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij