सैनामैनामा टिप्पर र स्कूटी ठोक्किँदा एक महिलाको मृत्यु

सैनामैनामा टिप्पर र स्कूटी ठोक्किँदा एक महिलाको मृत्यु

file photo

बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।सैनामैना नगरपालिका– ११ इँटाखोलास्थित सडकमा लु २ ख ५७९३ नम्बरको टिपर र लु ३६ प ९८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका बनकट्टी बस्ने ६४ वर्षीया गायत्री आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक सोही नगरपालिका बनकट्टी बस्ने ३२ वर्षीय यादव प्रसादको हिराचन्द्र मेडिकल सालझण्डीमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij