स्थापना दिवसमा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वझालाई सम्मान

स्थापना दिवसमा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वझालाई सम्मान

बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्वअध्यक्ष जीवनप्रसाद वझालाई संघमा सम्मान गरिएको छ । संघको ६९ औं स्थापना दिवसको अवसरमा संघका पूर्व अध्यक्ष वझालाई सम्मान गरिएको हो ।
मंगलबार संघको सभाहलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उहालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभयो । वझा २०५३–२०५५ सम्म संघको अध्यक्ष हुनुभएको थियो । संघले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा पूर्वअध्यक्षबाट १ जनालाई सम्मान गर्दै आएको छ ।
बुटवल उद्योग वाणिज्य संघ बुटवल व्यापार संघको नाममा २००९ सालमा तदर्थ समिति गठन भएको थियो भने २०१० साल फागुन १० गते दर्ता भएको थियो । त्यसै अवसरमा संघको तर्फबाट बुटवल माध्यमिक विद्यालय र बुटवल बालमन्दिरमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्रि प्रदान गरिएको थियो । उक्त सामग्रि बुटवल माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम गौतम र बुटवल बालमन्दिरका अध्यक्ष साझन भण्डारी प्रदान गरिएको हो ।

कार्यक्रममा प्रदेश सभामुख घर्तीले प्रदेशको समृद्धिको लागि औद्योगिक बिकासका माध्यमबाट आर्थिक क्रान्ति अपरिहार्य रहेको बताउनु भयो । उहाँले प्रदेशमा आर्थिक क्रान्तिको लागि औद्योगिक बिकासको नेतृत्व गर्न उद्योग वाणिज्य संघलाई आग्रह गर्नुभयो । समाजवादको लागि पहिले पुंजीको बिकास हुनुपर्ने बताउंदै उहाँले पुँजीवादको विकासमा पनि उद्योगी व्यवसायीको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताउनु भयो । नमुना शहरको विकासको लागि प्रदेशको राजधानी दाङमा तोकिएको बताउँदै ५ वर्षपछि दाङ प्रदेशको नमुना शहर हुने उहाँको भनाई थियो । प्रदेश संरचना स्थापनामा आफ्नो भौतिक पूर्वाधार उपलब्ध गराएर संघले सरकारलाई महत्वपूर्ण सहयोग गरेको पनि स्मरण गर्नुभयो ।

संघले लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती कक्ष निर्माण, आम्दा अस्पताल स्थापना, बुटवल बहुमुखि क्याम्पसमा विज्ञान भवन निर्माण, लुम्बिनी बाणिज्य क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस स्थापनामा लगानी सहितको नेतृत्वदायी भूमिका खेलेको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलमा थुनुवा कक्ष निर्माण, बुटवलका विभिन्न स्थानमा प्रहरी विट, सुरक्षाको लागि बुटवलका विभिन्न सार्वजनिक स्थलमा सिसि क्यामेरा जडान, बुटवलको आम्दा अस्पतालमा भेन्टिलेटर सहितको आईसियू कोभिड वार्ड निर्माण लगायत यस क्षत्रको आर्थिक तथा सामाजिक बिकासमा संघले नेतृत्वदायी भूमिका खेल्दै आएको अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो ।
सम्मानित संघका पूर्व अध्यक्ष वझाले संघको नेतृत्व गर्ने अवसर प्राप्त गरेर आफूलाई प्रतिष्ठा मिलेको बताउँदै संघको गरिमा अझै बढाउने गरी काम गर्न नेतृत्वलाई आग्रह गर्नुभयो । कार्यक्रममा संघका सल्लाहकार तथा पूर्वअध्यक्ष अर्जुनमान सैंजु, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई, कार्यसमिति सदस्य तथा स्थापना दिवस विशेष कार्यक्रमका संयोजक प्रकाश श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । संघले स्थापना दिवसकै अवसरमा सोमबार रक्तदान कार्यक्रम गरेको थियो भने आईतबार सोमबार र मंगलबार संघ सचिवालयमा दीपावली गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij