तिलाेत्तमाका युवाका लागि तीन दिने प्रशिक्षण सम्पन्न

तिलाेत्तमाका युवाका लागि तीन दिने प्रशिक्षण सम्पन्न

तिलाेत्तमा-तिलाेत्तमाका युवाका लागि तीन दिने प्रशिक्षण सम्पन्न भएकाे छ । तिलाेत्तमा नगरपालिका भित्रका युवा शक्तिहरूले अबका दिनमा सुदृढ समाजका लागि सबल र असल नेतृत्व गर्दै समाज रूपान्तरण गरून् भन्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएकाे हाे । गत २७ गते बाट पाल्पामा सुरू भएकाे साे प्रशिक्षणमा तिलाेत्तमा नगरपालिका भित्रका १७ वटै वाडका करिब ६५ जना प्रशिक्षार्थीलाई साे तालिम प्रदान गरिएकाे छ । अाउँदै गरेकाे स्थानीय तहकाे निर्वाचनलाई केन्द्रीत गरि गरिएकाे तालिममा सहभागिले सबल र असल नेतृत्व गर्दै सुसंस्कृत राजनीतिमार्फत समाज रूपान्तरण गर्ने अपेक्षा गरिएकाे छ । बिग्रिदै गइरहेकाे राजनीतिक परिवेशकाे अन्त्यका लागि कार्यक्रम गरिएकाे नेकपा एमाले जिल्ला सचिव यज्ञ गैरेले बताउनुभयाे । प्रशिक्षकहरू महेशराज दाहाल , उषा सिंह मल्ल , बसन्त अधिकारी केन्द्रीय कमिटी सदस्य माधव ढुंगेललगायतले प्रशिक्षण दिनुभएकाे थियाे । सबल र सफल नेतृत्वका लागि सहभागीले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । कार्यक्रमकाे समापन गर्दै प्रमुख अतिथि गैरेले अबका युवाले सुदृढ तरिकाले राजनीतिलाई अघि बढाउन जरूरी रहेकाे बताउनुभयाे । तिलाेत्तमा सचिवालय सदस्य सन्ताेष केसी वर्माकाे संयाेजन र अध्यक्षता रहेकाे कार्यक्रममा तिलाेत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डे , उपाध्यक्ष नेत्रलाल वन , सचिव मीन प्रसाद पाेखरेल , उपसचिव संगिता गुरूङ , नगर कार्यालय सचिव फर्सुराम गिरी लगायतकाे सहभागिता रहेकाे थियाे । यसैक्रममा प्रशिक्षार्थी विनिता भट्टराईलाई उत्कृष्ट सहभागीकाे रूपमा पुरस्कृत गरिएकाे छ । त्यस्तै कार्यक्रममा सहभागी दिपेश कडेल , अाषिश पाण्डेले तिनदिने तालिमबारे अाफ्नाे धारणा राख्नुभएकाे थियाे । कार्यक्रममा राजीव खनाल सहजीकरण गर्नुभएकाे थियाे ।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij