प्रेस चौतारी नेपाल रुपन्देहीले श्रमजीवि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । प्रेस चौतारी रुपन्देहीको विहीबार बसेको प्रथम बैठकले कम्तिमा दश लाख बराबरको कोष स्थापना गर्ने निणर्य गरेको हो ।
कोष संचालनका लागि आवश्यक कार्यविधि निर्माण गर्न संगठनका पूर्व जिल्ला अध्यक्ष शेरबहादुर केसीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा पूर्व जिल्ला अध्यक्षद्वय भरत केसी र दिनेश पाण्डे रहेका छन् । कल्याणकारी कोषका लागि संगठनका जिल्ला अध्यक्ष सहित कार्यसमितिका सबैले अनिवार्य रकम जम्मा गर्ने निणर्य बैठकले गरेको सचिव केशव भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै कल्याणकारी कोषका लागि प्रेस चौतारीका पूर्व सदस्य पत्रकार सुरज भण्डारीले ५० हजार रुपियाँ र नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले आवश्यक रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
बैठकले ११ सदस्यीय सचिवालय निर्माण गरेको छ । सचिवालयमा कार्यसमितिका पदाधिकारीसहित चारजना सदस्य थप गरिएको हो । जसमा विकास पराजुली, डि.बी. सुस्लिङ, अस्मिना पाण्डे र टिका खरेल रहेका छन् । त्यस्तै बैठकले कार्यसमिति सदस्यमा दिनेश घिमिरे र सुजिता श्रेष्ठलाई मनोनयन गर्ने निणर्य गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै एमाले जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले संगठनलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउँदै लैजान र यसका गतिविधिलाई प्रभावकारी ढंगले अगाडि बढाउन सुझाव दिनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले संगठनमाथि अव महत्वपूणर् कार्यभार आएको भन्दै बिगतका निणर्यहरुको समेत कार्यान्वयन गर्दै आगामी कार्यकालका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संगठनका अध्यक्ष लक्ष्मण पौडेलले संगठनलाई अव सुव्यवस्थित ढंगले अगाडि बढाउने र यसका लागि छिटै कार्ययोजना निर्माण गरी अगाडि बढिने बताउनुभयो । बैठकमा संगठनका उपाध्यक्ष बीपी गौतम, सहसचिव दिपक न्यौपाने, रविन्द्र गुप्ता, कोषाध्यक्ष दिनेश श्रेष्ठ, सदस्यहरु अस्मिना पाण्डे, विष्णु घिमिरे, डिबी सुस्लिंग, टिका खरेल लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
प्रकाशित मिति : बिहिबार, चैत्र १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्