पत्रकार महासंघ रुपन्देहीले ६७ औं स्थापना दिवस सैनामैनामा मनाउने

पत्रकार महासंघ रुपन्देहीले ६७ औं स्थापना दिवस सैनामैनामा मनाउने

बुटवल

नेपाल पत्रकार महासंघ रुपन्देहीले यही चैत १६ गते स्थापना दिवस मनाउने भएको छ । महासंघको रुपन्देही शाखाले सैनामैनामा ६७ औं स्थापना दिवस मनाउने भएको हो ।
महासंघको विहिबार बसेको सचिवालय बैठकले स्थापना दिवसमा शूूभकामना आदानप्रदानसँगै ‘स्थानीय तह र सञ्चार बिषयक’ अन्तरक्रिया समेत गर्ने निणर्य गरेको छ । पत्रकार महासंघले विकेन्द्रिकरणको मान्यतालाई आत्मसाथ गर्दै सैनामैनामा स्थापना दिवस मनाउन लागेको अध्यक्ष रामराज पोख्रेलले जानकारी दिनुभयो ।
उहाँले बुटवल र भैरहवासँगै शहरउन्मूख नगरहरुमा समेत महासंघले कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
स्थापना दिवस सम्पन्न गर्नका लागि कार्यसमिति सदस्य नविन घिमिरेलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिने निणर्य पनि महासंघले गरेको छ ।
कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, सैनामैनाका नगरप्रमुख सहितका जनप्रतिनिधि, पत्रकार सम्बद्ध संगठनका नेता, पत्रकार र विभिन्न संघसंस्थाहरुको सहभागिता रहनेछ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij