तिलोत्तमा-पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले हामी सबै सभ्य हुन जरूरी रहेकाे बताउनुभएकाे छ । उहाँले सभ्य व्यक्तिबाटै सभ्य समाजकाे निर्माण हुने बताउँदै हामीसँग भएका चीजलाई सही तरिकाले सदुपयोग गर्न जरूरी रहेकाे बताउनुभएकाे छ । रूपन्देहीको तिलाेत्तमाकाे वनबाटिकामा निर्माण भएकाे तिलाेत्तमा बहुउद्देश्यीय टावरकाे उद्घाटन गर्दै उहाँले यस टावरबाट तिलाेत्तमाबासीले भरपूर फाइदा लिनुपर्ने बताउनुभयाे। पूर्व प्रधानमन्त्री अाेलीले याे टावरले मनाेरञ्जन मात्र नभई नगरपालिकाकाे अाम्दानीकाे मुख्य स्राेतकाे रूपमा रहेकाे हुँदा अत्यन्तै खुसी हुँदै यसबाट नगरबासीले अत्याधिक लाभ लिन अाग्रह गर्नुभयाे । “हामी खाध्यान्नमा अात्मनिर्भर बन्नुपर्छ । बाहिरबाट ल्याइएका बीस भएका खाना नखाअाैँ । उत्पादन गर्न मिल्ने र गर्न सक्ने अाफै उत्पादन गराैँ । ” उहाँले जाेड दिनुभयाे । ” हामी जस्ताे खान्छाैँ त्यसतै बन्छाैँ । भान्सालाई उपचारकाे माध्यम बनाउनुपर्छ । ” उहाँले घरमै उत्पादित वस्तु प्रयाेग गर्न जाेड दिनुभयाे । तिलाेत्तमा नगरपालिकाकाे ७० प्रतिशत र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)काे ३० प्रतिशत लगानीमा निर्माण भएकाे साे टावर २०७३/७४ मा याेजना प्रस्ताव भई ७४ चैत्रमा ठेक्का सम्झाैता भएकाे थियाे । १३४ फिट अग्लाे ११ तले साे टावरकाे प्राकृतिक सेवा कम्पनीले कूल ११ कराेड ४५ लाख ८१ हजार ३३२ रूपैयामा निर्माण सम्पन्न गरेकाे तिलाेत्तमा नगरपालिकाका याेजना प्रमुख प्रदीप वनले साे अबसरमा जानकारी दिनुभयाे । साे टावरकाे पहिलाे तलामा कार्यालय , विश्राम कक्ष , दाेस्राेमा डिपार्टमेन्टल स्टाेर्स , तेस्राे तलामा रेष्टुरेन्ट रहेका छन् । साथै चाैथाे तलामा विभिन्न प्रयाेजनका ८ वटा काेठा , माथिल्लो तलामा विभिन्न प्रयाेजनका वातानुकूलित हलहरू र दशाैँ तलामा दृश्यावलाेकनका लागि टेलिस्काेप राखिएकाे छ । त्यसतै कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले तिलाेत्तमाकाे विकासले अाकर्षण बढेकाे र जनसंख्यामा पनि ५० प्रतिशतले वृद्धि भएकाे बताउदै अाफ्नाे कार्यकालमा साथ दिने र सहकार्य गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयाे । उहाँले विकासमा अाफूहरूले सुरूवात गरेकाे र अब अाउने टिमले यसलाई निरन्तरता दिनुपर्नेमा जाेड दिनुभयाे । साे कार्यक्रममा स्वागत गर्दै नगर उपप्रमुख जागेश्वरी देवी चाैधरीले नयाँ कुरा सृजना गर्न असाध्यै गाह्रो हुने भन्दै साधन स्राेतले पुगेसम्म काम गरेकाे दावी गर्नुभयाे । उहाँले नगरकाे हरेक क्षेत्रकाे विकास गर्दै अघि बढेेकाे र प्रकृतिलाई संरक्षण गरेकाे समेत बताउनुभयाे । साे समुद्घाटन समाराेहमा पानस फाउन्डेसनकाे तिलाेत्तमा दर्पणाकाे समेत विमाेचन गरिएकाे छ । साथै साे क्रममा श्रीनगर फिल्म्स प्रालिद्वारा निर्माण गरिएकाे नगरकाे समग्र विकासका गतिविधि समेटिएको वृत्तचित्र र गीतकाे पूर्व प्रधानमन्त्री अाेलीले सार्वजनिक गर्नुभएकाे हाे । कार्यक्रममा नेकपा एमालेका विशिष्ट व्यक्तित्व साथै विभिन्न क्षेत्रका व्यक्तिहरूकाे उत्साहजनक उपस्थिति रहेकाे थियाे ।
प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्