नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार जनाभन्दा तल

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार जनाभन्दा तल

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार जनाभन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा ९० जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या नौ सय ४२ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाको तेस्रो लहर उत्कर्षमा पुग्दा गएको माघ दोस्रो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ६० जनाको नमुना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।

पछिल्लो २४ घण्टामा ५६ हजार नौ सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij