लुम्बिनीको गठबन्धन बैठकमा एकीकृत समाजवादीले माग्यो एमालेले जितेका आधा ठाउँ

लुम्बिनीको गठबन्धन बैठकमा एकीकृत समाजवादीले माग्यो एमालेले जितेका आधा ठाउँ

बुटवल ।
नेकपा (एकीकृत समाजवादी) ले लुम्बिनी प्रदेशमा एमालेले जितेका आधा ठाउँमा दाबी गरेको छ।

आज माओवादी केन्द्रको संसदीय दलको सचिवालयमा बसेको पाँचदलीय गठबन्धनको बैठकमा समाजवादीले एमालेले जितेका मध्ये आधा ठाउँ मागेको हो। लुम्बिनीका १ सय ९ स्थानीय तह रहेका छन्।

जसमध्ये २०७४ सालको चुनावमा एमालेले ४३ सिट जितेको थियो । यसको आधा २२ सिटमा एकीकृत समाजवादीले दाबी गरेको हो ।

‘एमालेले जितेको आधा हामी हो भन्ने उहाँहरुको दाबी छ’ गठबन्धनमा सहभागी एक नेताले भने, ‘उहाँहरुको २२ हो भनेर मान्न सकिएको छैन। हामीले कसरी लिन सकिन्छ र ?’

बैठकमा जनता समाजवादी पार्टीले पनि २२ पालिका पाउनुपर्ने दाबी गरेको छ। २५ वटा उप-प्रमुख पाउनुपर्ने बताएको छ।

जसपाले आफूहरुले जितेका स्थानीय तहमा भनेजति सिट नपाए मित्रवत प्रतिस्पर्धा गर्ने बताएको थियो।

माओवादी केन्द्रले विगतमा आफूले जिते भन्दा केही बढी सिट पाउनुपर्ने माग छ। २०७४ को चुनावमा उसले १९ सिट जितेको थियो ।

प्रदेशमा गठबन्धनको पहिलो बैठक बस्दा नै चैत २७ गतेभित्र जिल्लाबाट वस्तुगत अवस्था सहितको रिपोर्ट मागेको भएपनि जिल्लाहरूले मानेका छैनन् । जिल्ला तहमा कार्यकर्ताले गठबन्धनमा चासो देखाएका छैनन् ।

मिलाउन कठिन जिल्लामा सहजीकरण गर्न अनुगमन समिति समेत गठबन्धन बैठकले बनाएको थियो । आजको बैठकमा कार्यदल बनाउने सहमति भएको छ ।

कांग्रेसका प्रदेश उप-सभापति भुवन श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलमा माओवादी केन्द्रका तुलाराम घर्ती, एकीकृत समाजवादीका मेटमणि चौधरी, जनता समाजवादी पार्टीका यज्ञ पोखरेल र राष्ट्रिय जनमोर्चाका चेतनारायण आचार्य रहेका छन् । गठबन्धनले सिट बाँडफाँट र उम्मेदवारका बारेमा सहमति जुटाउने भनिएको छ । कार्यदलको बैठक भोलि विहान बोलाइएको छ

प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij