पाँच दलीय गठबन्धनबाट बुटवलको मेयरमा कांग्रेसका पाण्डे द्धारा उम्मेदवारी दर्ता

पाँच दलीय गठबन्धनबाट बुटवलको मेयरमा कांग्रेसका पाण्डे द्धारा उम्मेदवारी दर्ता

बुटवल

पाँच दलीय गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन गर्नुभएको छ ।

पाँच दलीय गठबन्धनबाट उहांले आज दिउँसो १ बजे बुटवल उपमहानगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले मनोनयन दर्ता गर्नुभएको हो ।

पाण्डेय नेपाली कांग्रेस बुटवलका लगातार तीन कार्यकालदेखि नगर सभापति समेत हुनुहुन्छ । बुटवलमा गठबन्धनको तर्फबाट मेयर नेपाली कांग्रेसले पाएको हो भने उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।

समाजवादीबाट चीनबहादुर गुरुङले पनि उम्मेदवारी मनोनयन गर्नुभएको छ । बुटवलमा कांग्रेसले मेयरसहित १६ वटा वडाध्यक्षमा उम्मेदवारी मनोनयन गरेको हो ।

मनोनयन दर्तापछि प्रमुखका उम्मेदवार पाण्डेले बुटवललाई देशकै सबल आर्थिक केन्द्र बनाउने प्रतिबद्वता जनाउनुभयो । उहांले बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने उहाको दाबि छ । बुटवलको सिक्स लेन सडक सुधार गर्ने ,मोतिपुर औद्योगिक क्षेत्रलाइ सबैको सहमतिमा अगाडी बढाउने,बुटवललाइ नमुना बनाउने प्रतिबद्धता जनाउनुभयो ।

को हुन पाण्डे

मेयरका उम्मेदवार पाण्डे नेपाली कांग्रेसको नगरसभापतीको रुपमा तीन कार्यकाल नेतृत्व गरी सक्नुभएको छ । पाण्डेय २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि बुटवल उपमहानगरको मेयरका उम्मेदवार हुनुहुन्थ्यो ।कांग्रेस भित्र मात्रै होइन बुटवल बासी माझ नै उनी सरल र सहज स्वभावका नेताको रुपमा परिचित हुनुहुन्छ । सादा र सहज स्वभावका कारण उनी पार्टी भित्र र बाहिर पनि लोकप्रिय हुनुहुन्छ ।

२०२६ साल फागुनमा स्याङ्गजाको कालिण्डकी २ मा जन्मनुभएका पाण्डेले पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न हुनुहुन्छ ।। २०३९ सालमा स्याङ्गजाकै आदर्श मावि स्याङजामा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उहाको राजनीतिक यात्रा सुरु भएको हो।रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव, २०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्द्रीय सदस्य भएका पाण्डे २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति हुनुन्थ्यो। बुटवललाई नै राजनीतिक थलो बनाएका पाण्डे हालै तेस्रो कार्यकालका लागि बुटवल नगरको सभापति हुनुहुन्छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij