निर्वाचन अघि रुपन्देहीका सिमानाका ७२ घण्टा सिल गरिने

निर्वाचन अघि रुपन्देहीका सिमानाका ७२ घण्टा सिल गरिने

भैरहवा ।

नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भैरहवामा सम्पन्न भएको छ । नेपालको तर्फबाट लुम्बिनी प्रदेशकाका रुपन्देही, नवलपरासी र कपिलवस्तुका तीन जिल्ला र भारतको तर्फबाट महाराजगञ्ज र सिद्धार्थनगरका जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा बसेको बैठकले दुई देशको सुरक्षा सम्बन्धमा छलफल भएको छ ।

नेपालमा आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि संयुक्त बैठक आयोजना गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । तिवारीका अनुसार बैठकले नेपालका तर्फबाट मदिरा र भारतको तर्फबाट लागूऔषध नियन्त्रण गर्नु पर्ने बिषयमा छलफल भएको छ ।

यस्तै नेपालमा हुने निर्वाचनलाई लक्षित गरि मतदानको मिति भन्दा ७२ घण्टा अघिदेखी दुबै देशको सीमा सील गर्ने निर्णय भएको पनि तिवारीले बताए । यस्तै जिल्ला जिल्ला बिचका द्विपक्षिय सम्बन्धका बारेमा पनि छलफल भएको उनले बताए । लागुऔषध नियन्त्रण, चेलीबेटी बेचबिखन लगायतका बिषयमा छलफल भएको तिवारीले जनाए ।

बैठकमा नेपालका तर्फबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तिवारीसंगै रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे, ध्रुव बहादुर कुवर, शसस्त्र प्रहरी नायब उपरिक्षक प्रकाश पौडेल रहेका थिए । यसै गरि नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, एसपी ऋषिराम कडेल, शसस्त्र प्रहरी उपरिक्षक रुप कुमार क्षेत्रीको सहभागीता रहेको थियो । कपिलवस्तुबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी प्रमुख एसपी दान बहादुर कार्की, शसस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन लगायतको सहभागीता रहेको थियो ।

यसै गरि भारतबाट महाराजगञ्जका जिल्ला मजिष्ट्रेट सतेन्द्र कुमार, एसपी डाक्टर कौस्तुप, एसएसबी २२ औं बटालियनका कमाण्डेन्ट मनिष कुमार मीणा, ६६ औं बटालियन नौतनवाका कमाण्डेन्ट बरजित सिंह, नौतवनाका एसडिएम राम सजिवन मौर्या, २२ औं बटालियनका सहायक कमाण्डेन्ट अन्जनी कुमार तिवारी, रहेका थिए । यस्तै सिद्धार्थनगरका जिल्ला मजिष्ट्रेट सञ्जिव रन्जन, एसपी डाक्टर यसबिर सिंह, एसएसबी ४३ औं बटालियनका कमाण्डेन्ट सुस्वप्न कुन्दु लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij