तिलोत्तमा-नेपालीकाँग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले यसपालीको स्थानीय निर्वाचनमा एमाले पत्तासाफ हुने बताउनु भएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रको स्थानीय चुनाव संयुक्त प्रचार अभियानको तिलोत्तमा उद्घाटन गर्दै पुर्वमन्त्री समेत रहनु भएका रज्जाकले देशमा भएका महत्वपूर्ण आन्दोलनका उपलब्धी, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरीएको बताउनु भयो । यसपालीको निर्वाचनमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको दावी उहाँलेगर्नु भयो ।
गठबन्धनका रहेका सबैपार्टी इमान्दार भएर निर्वाचन सफल बनाउने र जितेर देखाउने रज्जाकले बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका मेयरका उम्मेदवार तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण नेकपा एमाले र भ्रष्टाचार एक सिक्काका दुई पाटा भएको बताउनु भयो । एमाले सरकारमा हुँदा हरेक क्षेत्रमा भ्रष्टाचारले सीमा नाघेको र नीतिगत भ्रष्टाचारलाई एमालेले संस्थागत गरेको दावी नेता खाणले गर्नु भएको हो । नेता खांणले तिलोत्तमा नगरपालिकाले दुई वर्ष अघि गरेको लगानी सम्मेलन उपलब्धीहीन भएको बताउनुभयो । तिलोत्तमा लगानी सम्मेलनका नाममा एक करोड ५० लाख बढी खर्च भएपनि प्रतिफल शुन्य भएको बताउनुभयो । नगरपालिकाले नदिजन्य पदार्थको अनियन्त्रित ढंगले उत्खनन गरी भ्रष्टाचार गरेको, सरसफाइका नाममा भाडामा बस्नेहरुसंगबाट समेत कर असुलेको,स्थानीय सरकारलाइ एमालेका नेता कार्यकर्ता भर्ती केन्द्र बनाएर सरकारी ढुकुटीको दुरुपयो गरेको बताए । नेता खाणले तीनै भ्रष्टाचारका काण्डबाट नगरलाइ मुक्त बनाउँदै सुशासन युक्त सून्दर र समृद्ध नगरपालिका निर्माणकालागि गठबन्धनका तर्फबाट आफुले उम्मेदवारी दिएको बताउनु भयो ।
तिलोत्तमाको मेयरका उम्मेदवार खांणले आफू निर्वाचित भएपछि राज्यबाट पाउने तलब भत्ता विपन्न र असहाय विद्यार्थीहरुको छात्रवृत्ति र सामाजिक काममा खर्च गर्ने,सडक बनाउदा स्थानीयबाट एक रुपैँया नउठाई सरकारी वजेटबाटै बनाउने, फोहोर मैला शुल्क नउठाँउने बरु जनतालाइ पैसा दिएर फोहोर किनीदिने, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य चेकजांच सुबिधा पुर्याउने प्रतिवद्धता गर्नु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका इन्चार्ज निर्मल जीसीले राप्रपासंग तालमेल गरेर एमाले २०४७ को संविधान ब्युताउने र फेरि प्रतिगमन दोहो¥याउने योजनामा रहेकाले गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस नगर सभापति हरिलाल पौडेलको संयोजकत्वमा ५ हजार एक सदस्यीय प्रचार प्रसार समिति, नेता रामचन्द्र ढकाल संयोजक र नेता रोमणी पाठक लगायत सदस्य रहेको सल्लाहकार समिति र दुबै पार्टी नेताहरु रहेको चुनावी सचिवालय गठन भएको छ । कार्यक्रममा माओवादी नगर अध्यक्ष बेलप्रसाद शर्मा,कांग्रेस सचिव प्रदीप थापा लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्