आजदेखि आन्तरिक उडान १८ घण्टा सञ्चालन

आजदेखि आन्तरिक उडान १८ घण्टा सञ्चालन

n'lDagL, @& df3 M e}/xjfdf lgdf{0ffwLg uf}tda'4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn 6fj/ . t:jL/ M g/]z s];, /f;;

काठमाण्डाै – नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडानतर्फको समयावधि बढाएर दैनिक १८ घण्टा पुर्‍याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्नको लागि आन्तरिक उडानतर्फको समय अबधि बढाएको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिनुभयो ।

प्राधिकरणले रात्रिकालीन उडान गर्न सकिने भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याएको छ । यसले काठमाण्डौको त्रिभुवन विमानस्थलमा रहेको उडान चापलाई व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाई छ । यस्तै उडान चाप कम गर्न अन्तर्राष्ट्रिय उडानमा पनि आउँदो जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ ।

विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर चार सय २० वटाको हाराहारीमा उडान भइरहेको छ । अहिले अन्तराष्ट्रिय कुनै जहाज आउन चाहेमा समय दिन सक्ने अबस्था नभएकोले २४ सै घण्टा सञ्चालन गर्न लागेको महानिर्देशक अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij