नदीकिनारको जोखिमपूर्ण बस्तीलाई बुटवलभित्रै व्यवस्थापन गर्छु: पाण्डे 

नदीकिनारको जोखिमपूर्ण बस्तीलाई बुटवलभित्रै व्यवस्थापन गर्छु: पाण्डे 

 

बुटवल

बुटवलको तिनाउ किनारका बासिन्दाले कांग्रेसका प्रमुखका उमेदवार खेलराज पाण्डेसँग एमालेले लालपूर्जाको आश्वासन बाँडेर झुटो प्रलोभनमा पारेको गुनासो गरेका छन्।

बुटवल ११ मा जनता भेटघाटमा पुगेका पाण्डेसँग उनीहरूले कांग्रेसले लालपूर्जा दिलाउन पहल गर्नुपर्ने बताए। उनीहरूले आफुहरूलाई बुटवल उपमहानगरपालिकाबाट लालपूर्जाको सपना देखाएर भोट मागेपनि आफुहरूको सपना अधुरै रहेको बताए।

स्थानीयका गुनासो सुन्दै उमेदवार पाण्डेले नदीकिनारको बस्तीका समस्या प्राथमिकताका साथ समाधान गर्ने बताए।

उनले भने-“यहाँ रहेका सुकुम्वासी र अव्यवस्थित बसोवासीका समस्यालाई मैले केही समयमै टुंगो लगाउन सक्छु । त्यसका लागि राष्ट्रिय भूमि आयोग बाहेकको विकल्पको बाटोबाट पनि मैले यसलाई टुंग्याउन सक्छु भन्ने योजनाहरू मसँग छन्।”

उनले नदीकिनारको जोखिमपूर्ण बस्तीलाई बुटवल नगरभित्रै व्यवस्थापन गर्ने र अन्यलाई आवश्यकताअनुसार समस्या समाधान गरिने बताए।

यसैबीच बुटवल उपमहानगरमा संयुक्त गठबन्धनबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले बुटवललाई देशकै आर्थिक केन्द्र बनाउने बताएका छन्।

बुटवलमा मिडिया समन्वय समितिको कार्यक्रममा बोल्दै उनले बुटवलको विकास समानुपातिक ढंगले नभएकाले बुटवलका सबै वडाको समानुपातिक विकास गरिने बताएका हुन्।

उनले यसअघि एमालेलाई जिताएका कारण बुटवलमा अरू दलहरूलाई निषेध गरिएको बताए।

“यसअघि धेरै पटक एउटै पार्टीलाइ हेर्नुभयो तर उनीहरुले सत्तामा गएपछि जनतालाइ सम्झेनन । आफु र आफना सीमित व्यक्तिको बृत्ति विकासमा मात्रै लागे । त्यसैले यो पटक नेपाली काँग्रेसलाई र गठबन्धन बाट नेपाली काँग्रेसका उम्मेद्धार खेलराज पाण्डेलाइ अमुल्य मत दिएर नगर हाक्ने मौका दिनुहोस्-उनले भने-“हामीले तपाइहरुको चाहाना अनुसार नै काम गर्नेछौं । खानेपानी,सडक, ढल निकास,फोहोर व्यवस्थापन,शिक्षा,स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गर्ने ठोस योजना बनाएका छौ ।हामीले एमालेका उम्मेदवारले जस्तो झुटा आश्वासनहरु बाँडदैनौं ।तर जे बोल्छौ त्यो गरेर देखाउँछौं । सकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासीको समस्या निर्वाचित भएको एक बर्ष भित्रै सम्बोधन गरी ठोस रुपमै समस्या समाधान गर्नेछु ।”

उनले उपमहानगरलाई सबै राजनीतिक दल अट्ने साझा केन्द्रका रूपमा विकास गर्ने बताए। “बुटवलका सबै संघ संस्थालाई त्यहाँ अट्ने गराएर सबैको सामूहिक सहयोग, सल्लाह र मेलमिलापको नीतिबाट बुटवल उपमहानगरपालिका चलाउने लक्ष्य लिएको छु । एकल बाटोमा हिँड्ने, एक्लै गएर कुर्चीमा बस्ने मेरो उद्देश्य होइन । सबैलाई समेटेर जाने मेरो उद्देश्य हो”-उनले भने।

प्रकाशित मिति : शुक्रबार, बैशाख १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij