तिलोत्तमा -सियारी गाउँपालिकाका कांग्रेसबाट अध्यक्ष पदका उम्मेद्वार थानेश्वर घिमिरेले आफुले अध्यक्ष जितेपछि गाउँपालिकामा रहेका बिपन्न बर्गको लागि सिधै बैंक खातामा रकम पठाउने घोषणा गरेका छन् ।
गाउँपालिकामा रहेका बिपन्न परिवारको लागि ल्याईएका राहातका सामाग्रीहरु कुहिएर फालीरहेको बताउँदै आफुले जितेपछि यो समस्या समाधान हुने बताए । बिपन्न बर्गका ब्यक्तिलाई राहातको व्यवस्था गर्दै लक्षित समुदायको लागि खाद्यान्न उपलब्ध गराउने बताए । उनले सबै सातवटै वडाका लक्षित ब्यक्तिहरुको पहिचान गरि वडाहरु तथा सर्वदलिय बैठकबसेर अनुमोदन गरेर उनीहरुकै बैंक खातामा सोझै वार्षिक १५ हजार रकम प्रदान गर्ने बताए ।
बाटो निर्माणका क्रममा ४ महिनामानै कालोपत्रे भत्केको बताउँदै उनले यही कामलाई स्तरीय बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले सियारीलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरे ।
पालिका भित्र भएको घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेद्वार घिमिरेले शियारी गाउँपालिकामा निशुल्क रगतको व्यवस्था गर्दै रगतको अभाव हुन नदिने प्रतिबद्धता ब्यक्त गरे। उनले शियारीमा रगतको अभावको कारणले ज्यान गईरहेको अवस्था रहेको बताउँदै उनले रेडक्रसले लिने रकम पालिकाबाट व्यवस्थापन गरेर निशुल्क रगतको व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
नेपाली कांग्रेस रुपन्देहीका पूर्व उपसभापति समेत रहेका घिमिरेले गाउँपालिकामा धेरै बिपन्न समुदाय भएकोले छोरिको बिहेमा लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने बताए । उनले आफुले जितेमा अभिभावकको कुनैपनि खर्च नभई उत्कृष्ठ बिबाह गरिदिने घोषणा समेत गरे ।
सियारी गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्ष पदकी उम्मेद्वार तारा थारुले आफुले जितेमा महिलाहरुमा रहेको बेरोजगारीता हटाउने बताईन् । उनले आफुपनि एक बिपन्न परिवारबाट हुर्किएको बताउँदै सियारीमा अहिले यहाँका महिलाहरुको अवस्था निकै कमजोर रहेको बताउँदै आफुले महिलाहरुको स्तरउन्नती गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । घरदैलोमा आफ्ना प्रतिबद्धताहरुको बारेमा बताउँदै आफु महिला भएकोले महिलाको क्षेत्रमा निकै परिवर्तन ल्याउने बताईन् ।
उनले आफुले जितेपछि पालिकाका बासिन्दाको लागि निशुल्क स्वास्थ्य र शिक्षाको ब्यवस्थापन गर्ने बताईन।
प्रकाशित मिति : आइतबार, बैशाख १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्