देवदह ।
रुपन्देहीको देवदह नगरका लागि नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार हिरा बहादुर खत्रीले वडा नं ८ मा घरदैलो कार्यक्रम गर्नु भएको छ मतदाता संग भेट गर्ने क्रममा देवदहका मेयर समेत रहनु भएका खत्रीले त्यहाको आवश्यकता र विकास निर्माणका बारेमा कुराकानी गर्नु भएको थियो । खत्रीले विकास निर्माणका काम निरन्तर चलिरहने भन्दै आपूm नगरको मेयर बन्दा पनि विकास निर्माणका काममा निरन्तर लागेको बताउदै आगामी दिनमा पनि सदैव लाग्ने बताउनु भयो । सोही क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनका पदका उमेदवार खत्री र उपमेयर पदका सुन्दरी गिरीले ८ मा रहेको मुखिया टोलमा रहेको समर्पण युवा क्लवका सदस्यहरुसंग भेटघाट गर्नु भएको छ । सो क्रममा क्लवका साथीहरुले आफनो टोलको विकास निर्माणको समस्या सामाधानको लागि माग पत्र हस्तान्तरण गरेका थिए । सो माग पत्र ग्रहण गर्दै उमेदवार खत्रीेले युवाहरु देशका कणर्दार मात्र नयएर विकास निर्माणका साभेदार पनि भएको भन्दै विकास निर्माणका काममा युवाहरु संगै हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो । आपूm मेयर रहदा सम्म गरेको विकास निर्माणको कार्यको चर्चा गर्दै वाकी रहेको कामहरु अवको कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कृषि, शिक्षा, स्वास्थय, खानेपानी र विकास निर्माणका कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउदै खत्रीले नगरपालिकामा आएको बजेटले सके जतिको विकास निर्माणका कार्य गरेको बताउनु भयो । मेयर खत्रीले अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने काम पनि नेपाली कांग्रेसको सरकारको पालामा भएको भन्दै जग्गा नाप जाचको काम देवदह नगरपालिकामा सुरु भैसकेको बताउदै अब छिटै सबैको हात हातमा लालपूर्जा आउने उल्लेख गर्नु भयो । संगै गठबन्धन टोलीले देवदह नपा वडा नं ३ मा पनि घरदैलो गरेको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्